प्रहरीको आग्रह : टोलमा अपरिचित व्यक्ति देख्नासाथ ०१० ५४०१९९ वा मोबाइल नं ९८५१२७५५५५ तुरुन्त खबर गर्नुहोस्

काठमाण्डौं, पौष २ । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको मृत्यु भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो । रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न सूचनाकोे सहयोगका लागि समुदायसमक्ष सहयोग मागेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बालबालिकाको संरक्षण गर्न जनहितकारी १६ बुँदे सूचनासमेत जारी गर्दै प्रहरीले दिएको सुरक्षासम्बन्धी सुझाव कार्यान्वयन गरिदिन आग्रह गरेको छ ।

जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कुनै पनि अपरिचित व्यक्ति गाउँमा प्रवेश गरेमा त्यस्तो व्यक्तिको पहिचान गरी नजिककोे सुरक्षाचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१० ५४०१९९ वा मोबाइल नं ९८५१२७५५५५ तुरुन्त खबर पठाउने कामलाई पहिलो प्राथमिकता दिन पनि जिल्लावासीलाई आग्रह गरिएको हो ।

अभिभावक नभएको मौका छोपी अपरिचित व्यक्तिले खानेकुरा दिई ललाइफकाई अ पह र ण गर्नसक्ने भएकाले त्यस्ता अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान दिशाबोध गराई सहारा बेगर बालबालिकालाई घरबाट बाहिर नछोड्नसमेत आग्रह गरेको छ ।

खेलमैदानमा खेल खेलाउँदा वा पठनपाठनको समयमा विद्यालय लाने र ल्याउने काम अभिभावकबाटै गर्न गराउन, नातेदारप्रति पनि सजग रहन, नकारात्मक कुरा गरेर त्र सि त नगर्न, महँगो गहना नलगाइदिन, मोबाइल खेलाउने काम बन्द गराउन, आफ्नो र बाबुआमाको नाम थर घरको ठेगाना एवं अभिभावकका मोबाइल नम्बर जान्ने अभ्यास गराउनसमेत प्रहरीले अभिभावकसामु सुझाव दिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv