संसद विघटन सम्बन्धी वहसमा वकिलहरुले उठाए प्रधानन्यायाधीस माथि नै यस्तो प्रश्न, वकिलसंग भयो सवाल जवाफ

काठमाडौ । संसद विघटनको विरुद्धमा परेको रिटका विषयमा आज पनि सर्वोच्च अदालतमा वहस जारी छ । विहिवार देखि सुरु भएको वहस आज पनि जारी छ । शुक्रवारको वहसमा वकिलहरुले संवैधानिक इजलाश गठनका विषयमा नै प्रश्न उठाएका छन् । वकिलले प्रश्न उठाएपछि केहीबेर प्रधानन्यायाधीस र वकिलका बीचमा सवाल जवाफ पनि चलेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलाशप्रति वहसका लागि पुगेका वकिलहरुले प्रश्न उठाएका हुन् । वहस सुरु गर्नु अघि नै अधिवक्ता गोविन्द बन्दी र दिनेश त्रिपाठीले प्रश्न उठाएका थिए ।

बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू संविधानको धारा ७६ को व्याख्यासँग सम्बन्धित रहेकाले संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए । तर प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासको रोष्टर नै परिवर्तन गरेपछि विवाद भएको हो ।

५ जनाको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खड्कालाई हटाइएको विषयमा वकिलहरुले प्रश्न उठाएका हुन् । त्यसपछि अधिवक्ताहरु र राणाबीच केहीबेर सवालजवाफ समेत भएको थियो ।

५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv