संसद विघटन विरुद्ध आन्दोलन सुरु माइतीघर मण्डलामा देखियो यस्तो रुप

काठमाडौ । आफुहरु नै नेपाल कम्युनिस्ट पाटीका (नेकपा) को आधिकारीक पार्टी भएको दावी गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार निर्वाचन कार्यालय गएका छन् । आजवाटै प्रधानमन्त्रीले गरेको संसद विघटन विरुद्ध आन्दोलन सुरु गरेका प्रचण्ड आफूहरु आधिकारिक नेकपा भएको भन्दै नाम र चुनाव चिन्ह माग गर्न निर्वाचन कार्यालय गएका हुन् ।

शुक्रबार नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकमा हस्ताक्षर गरेका २९६ जना सदस्य लिएर प्रचण्ड निर्वाचन कार्यालयमा पुगेका हुन् । उनले नेकपाको चुनाव चिन्ह सुर्य पनि आफुले पाउनुपर्ने माग राखेका छन् । उनी जुलुस नै लिएर निर्वाचन कार्यालय पुगेका थिए ।

नेकपाको सो समूहले आफूहरु आधिकारिक भएको दावी गर्दै यसअघि नै केन्द्रीय सदस्यको हस्ताक्षर, केन्द्रीय समिति बैकको माइन्युट र निर्णय समेत निर्वाचन आयोगमा बुझाइसकेको छ । उनले निर्वाचन आयोगले आफुहरुलाई आधिकारीक करार गर्ने विश्वास गरेका छन् । अध्यक्ष प्रचण्डले तत्काली केन्द्रीय समिति सदस्यको दुईतिहाइ भन्दा बढी आफ्नो पक्षमा रहेको दावी गरे।

उनले हस्ताक्षर गर्ने २९६ भए पनि केन्द्रीय समिति बैठकमा र आज ३१५ जना सहभागी भएको बताए। अध्यक्ष प्रचण्डले २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको र त्यसको केन्द्रीय सदस्यको नामावली पनि निर्वाचन आयोगमा रहेको बताएका छन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम र न्यायोचित निर्णय लिने बताए। उनले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार केही पत्रहरुमार्फत आएको जानकारी र आज औपचारिक रुपमा उपस्थिति भएका कारण राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ बमेजिम प्रक्रिया सुरु भएको जानकारी दिए।

अदालती प्रक्रियाबाहेक ऐनले दिएको अधिकार अनुसार उक्त प्रक्रियालाई तोकिएको अवधि र सकेसम्म एक÷दुइ दिन अगाडि नै सक्ने उनले बताए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv