सुदूरपश्चिमका बिकट जिल्लामा भक्त बिबीद्धारा स्ट्रेचर बितरण

धनगढी ,पौष १३ । भक्त विवि हेल्पिङ हेन्ड्स फर ह्युमानिटीले सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा स्ट्रेचर वितरण गर्ने भएको छ । देवेश गुरूङ, इगल स्काउट फ्रार्म फ्रिस्को टेक्सास युएसए, भक्त विवि हेल्पिङ हेन्डस फर ह्युमानिटी युएसए र इन्टरनेशनल एशोसिएशन अफ लाइन्स क्लबको आर्थिक सहयोगमा स्ट्रेचर वितरण गरिन लागिएको हो ।

कोरोना प्रभावित क्षेत्रका लागि स्ट्रेचर तयार गरि मंसिर २२ गते लाइन्स क्लव नेपालले भक्त विवि फर ह्युमानिटी नेपाललाइ हस्तान्तरण गरिएको थियो । उक्त स्ट्रेचर वितरणका लागि तोकिएको स्थानहरूमा वितरण गर्न भक्त विवि हेल्पिङ हेन्ड फर ह्युमानिटिका केन्द्रिय सल्लाहकार राज बहादुर चन्दको जिम्मेवारीमा धनगढी पठाएको थियो ।

सोही अनुसार प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर भक्त विविका केन्द्रिय सल्लाहकार चन्द स्ट्रेचर हस्तान्तरण गर्न थालेका छन । उनले शुक्रबार बझाङको दुर्गम तथा विकट स्थानीय तह साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीलाई ७ थान स्ट्रेचर हस्तान्तरण गरिएको जानकारी दिए ।

स्ट्रेचर हस्तान्तरण कार्यक्रममा बोल्दैं अध्यक्ष धामीले साइपाल गाउँपालिका निकै विकट स्थान भएको र स्वास्थ्य केन्द्र वा सदरमुकाम सम्म पुग्न तीन चार दिनको बाटो हिंडेर पुग्नु पर्ने अवस्था रहेको बताएका छन । ”बाटोघाटोको कुनै सुविधा छैन,’ उनले भने, ‘अहिले पनि डोकोमा बिरामी बोकेर स्वास्थ्य केन्द्र सम्म पुर्याउनु पर्छ ।”

समयमा बिरामी अस्पताल सम्म पुर्याउन नसक्दा अकालमै ज्यान गुमाउन पुग्छन । यस्तै चन्दले प्रदेशका अन्य विकट स्थानीय तहलाई पनि स्ट्रेचर हस्तान्तरण गरिने बताए । उनले सम्बन्धीत पालिकाका व्यक्तिहरुलाई जानकारी गराई सकिएको अब छिट्टै उक्त् स्ट्रेचर वितरण हुने जानकारी दिए । सहयोगी दाता देवेश गुरूङ एवम आर्थिक सहयोग गर्नु हुने विभिन्न संघसंस्थाहरू प्रति हार्दिक नमन व्यक्त गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv