राष्ट्रपति बिरुद्ध जथावाभी बोल्नेलाई कारवाही गर्न गृहमन्त्रीलाई अनेम संघ द्धारा ज्ञापन पत्र

काठमाडौ,पौष २० । गृहमन्त्री रामवहादुर थापा बादलले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी अमर्यादित नारा लगाउनेहरुलाई कारवाही गर्न आफुले निर्देशन दिएको बताएका छन् । उनले ति ब्यक्तिको पहिचान भइसकेको बताउँदै मन्त्रालयले कारवाहीको प्रकृया अघि बढाइसकेको जानकारी दिएका छन् ।

ज्ञापनपत्र बुझाउन गृहमन्त्रालय पुगेको अखिल नेपाल महिलासंघको समुहसंग गृहमन्त्री थापाले यस्तो बताएका हुन् । ज्ञापनपत्र बुझ्दै थापाले सडकमा राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अभिब्यक्त भएका कुराहरु कानुनी दृष्टिकोणले अपराधिक कृयाकलाप भएको बताए । सामाजिक सञ्जालमा पनि त्यस्ता अमर्यादित विषयहरु उठेको बारेमा गृहमन्त्रालय जानकार रहेको भन्दै उनले कारवाही लागि प्रकृया अघि बढाइएको जानकारी दिए ।

नारा जुलुसमा अशोभनिय र अमर्यादित रुपमा विषयहरु उठाइएका छन्, कानुनी रुपमा ति विषय अपराधिक कृयाकलाप हुन्, सामाजिक सञ्जामा पनि त्यस्ता कुरा उठेका छन् त्यसमा पनि हाम्रो ध्यानाकर्षण गराएको छ उनले भने ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv