रहेनन् लोकगायक बुद्धिकृष्ण लामिछाने

काठमाडौं,१३ पौष । लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो । भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेको थियो तर, शुक्रबार दिउँसो उनको निधन भएको पारिवारिक स्रोत ले जनाएको छ ।

लामिछानेले गाएका घाँस काट्नु खुर्केर आयो जोवन हुर्केर, गाई त बाँध्ने पाटको दाम्लो, बाखरी बाखरी, तिम्रो र मेरो मायाको डोरो बेरौं कि फन्फनी, पिढींमा बसेर मेरै बाटो हेरेर लगायत गीतहरु चर्चित छन् ।

नेपाली सेनाका जागिरसँगै लोकगीत संगीतको विकासमा पनि उत्तिकै योगदान पुर्याएका लामिछानेले रेडियो नेपाल र च्यानल नेपालमा लोकभाका सम्बन्धी कार्यक्रम चलाएका थिए ।

चर्चित हास्य टेलिश्रृंखला हिजो आजका कुरा र तीतो सत्यमा समेत अभिनय गरेका लामिछानेले तीन दशकभन्दा बढी समय नेपाली संगीतमा बिताए । लामिछानेका २ छोरा, ३ छोरी र श्रीमती छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv