पूर्व राष्ट्रपति यादव डाक्टरी पेशामा फर्किने

काठमाण्डौं २२ पौष । नेपालको प्रथम तथा पूर्वराष्ट्रपति डा। रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन्। सरकारी अस्पतालमा काम गर्न आफ्नो इच्छा भएको बताउदै बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन्।

पूर्वराष्ट्रपति डा.रामवरण यादवले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताए।पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका यादव राजनीतिमा लाग्नु भन्दा अगाडी चिकित्सकीय सेवामा सक्रिय थिए।कांग्रेस नेता बीपी कोइरालाको निजी चिकित्सकको रुपमा काम गरिसकेका यादव चिकित्सकीय पेशा चढेर राजनीतिमा लागेका थिए।भारतको कोलकत्ता चिकित्सा शिक्षा अध्ययन गरेका उनी कोइरालाकै संगतमा राजनीतिमा आएका थिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv