ठुलो धनराशीको ‘बाँके आईडल’ डान्स रियालिटी शो प्रतियोगिता कोहलपुरमा

काठमाडौ,१७ बैशाख । नेपालगंजमा पहिलो पटक ठुलो धनराशी र फरक शैलीको डान्स रियालिटी शो हुने भएको छ ।
निहारीका फिल्मसले पहिलो पटक उक्त रियलिटी शो को आयोजना गर्न लागेको हो । नेपाल टेलिभिजन कोहलपुरबाट प्रसारण गर्ने गरि सुरु गर्न लागेको निहारीका फिल्मसले जनाएको छ ।

अहिले सम्म कै फरक शैलीमा प्रतियोगिता संचालन गर्ने योजना रहेको निहारीका फिल्मसले दाबी गरेको छ । यो नृत्य प्रतियोगिता मा दशौं स्थान सम्मको लागि पुरस्कार को व्यवस्था गरिएको बताएको छ । नेपाल टेलिभिजन कोहलपुरबाट प्रसारण हुने भएकाले कार्यक्रम १ सय ८७ राष्ट्र मा हेर्न सकिने छ आयोजकले लाइटनेपाललाई बताए ।

सात भाग सम्मको यो प्रतियोगिताको पहिलो पुरस्कार नगद रु एक लाख र एउटा म्युजिक भिडियो ,द्वितीय पुरस्कार रु पचास हजार र एउटा म्युजिक भिडियो ,तेस्रो पुरस्कर रु पच्चीस हजार र एउटा म्युजिक भिडियो ,चौथो र पाँचौ पुरस्कार क्रमश एक एक वटा कभर भिडियो र छैठौं देखि दशौं स्थान सम्मका प्रतियोगीहरुलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुट छात्रवृत्ति दिने र उक्त कार्यक्रममा सहभागीलाई अन्य उपहारको समेत ब्यबस्था गरिएको प्रस्तुतकर्ता दीपक श्रेष्ठले बताउनुभयो ।

पश्चिम नेपाल मै पहिलो पटक हुन लागेको यो प्रतियोगिताको नाम ‘बाँके डान्स आईडल २०७५’ नामाकरण गरिएको छ । प्रतियोगीतामा भाग लिन उमेर क्षेत्र जिल्लाको बन्देज नरहेको निहारीका फिल्मस कि अध्यक्ष श्रीमती मम्मु शाक्य श्रेष्ठ ( मनु ) ले बताउनभएको छ । अडिशन बैशाख २९ शनिबारबाट साइनिङ्ग स्टार इङ्गलिस मिडियम स्कुल पिपरीमा सुरु हुने कार्यक्रमका संयोजक राजु तामाङ्गले जानकारी दिनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv