चलचित्र ‘कुम्भ करण’ १७ गतेबाट १०८ ओटा हलहरुमा एकैसाथ प्रदर्शन

काठमाण्डौ,जेठ १७ । आकाश पल इन्टरटेरमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ करण’ जेठ १७ गते शुक्रबारबाट देशव्यापीरुपले १०८ ओटा हलहरुबाट एकैसाथ प्रदर्शन हुने भएको छ ।

यस चलचित्रको वितरक रिच इन्टरटेरमेन्टका करण श्रेष्ठले जानकारी दिए अनुसार चलचित्र काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरि जम्मा १०८ ओटा सिनेमा घरहरुबाट एकैसाथ प्रदर्शन हुने भएको छ । महेश दवाडीको पटकथा सम्बाद रहेको यस चलचित्रमा प्युठान भन्ने ठाउँको एक गाउको स्कुलमा घटेको घटनालाइ पर्दामा उतारिएको छ ।

नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री, सुधब थापा लगाएतको अभिनय रहेको यस चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत र कोरियोग्राफीमा सुनिल बसेल रहेका छन भने यस चलचित्रलाई हरि घले लामाले खिचेका छन ।

मिलन श्रेष्ठको सम्पादन रहेको छ यस चलचित्रमा चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको छ भने चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv