पुर्व मन्त्री धनी राम पौडेलको निधन

काठमाण्डौं,जेठ ३१ । पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । हृदयघातका कारण निधन भएको पौडेलका सहयोगी सुनिल खडेकाले जानकारी दिए । शुक्रबार बिहान ६ बजेर ४५ मा घरमै रहेका बेला हृदयघात भएपछि अस्पताल लैजादै गर्दा पौडेलको निधन भएको हो ।

अस्पताल पुर्‍याइएका पौडेललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो । उनको शव अहिले चितवनको माडी अस्पतालमा राखिएको छ।

पौडेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् ।

पौडेलको निधनले प्रति दु:ख व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रचण्डले सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीका केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनीराम (डि. आर.) पौडेलको असामयिक निधनले मर्माहत बनाएको बताएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv