गायिका शान्ति श्री परियारको ‘न्याय मरेको देश’ सार्वजनिक ( भिडियो )

काठमाण्डौं,माघ १ । गायिका शान्ति श्री परियारको आवाजमा रहेको गीत ‘न्याय मरेको देश’ सार्वजनिक गरिएको छ। संचारकर्मी बिना श्रेष्ठको निर्देशनमा बनेको भिडियो आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। सार्वजनिक भिडियोले नारीहरु माथि घटेका बलात्कार,एसिड काण्ड र छाउ सम्बन्धि कथा बोल्छ। भिडियो सार्वजनिक कार्यक्रममा कलाकार मदन कृष्ण श्रेष्ठले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए।

राजेश पौडेलको शब्द रचना रहेको गीतमा दिनेश मुस्कानको संगीत रहेको छ। रश्मि शाक्यले निर्माण गरेको भिडियोमा उत्तम हुमागाईंको छायाँकन,अनिल कुमार महर्जनको सम्पादन रहेको छ। भिडियोमा लक्ष्मी बर्देवा,सुशील पोखरेल,साक्षी लम्साल,पुजन घिमिरे,बासु शाही,अनिता पौडेलको अभिनय रहेको छ। ‘न्याय मरेको देशमा’ बोलको गीत अनुसार आफुले भिडियो निर्माणमा निकै नै मेहनत गरेको निर्देशक श्रेष्ठले बताइन।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv