सामाजिक अभियानता विनयजंग बस्नेत पक्राउ

काठमाण्डौं,फागुन ४ । प्रहरीको खोजीमा रहेका विनयजंग बस्नेत पक्राउ परेका छन् । उनले बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई सामाजिक सञ्जाल मार्फत खुलेआम ध म्की दिएका थिए । सपनाले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मंगलवार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले पुष्टि गरेका छन् ।

आफुले छोरी मान्दै आएकी सपनाका बारेमा अनावश्यक टिप्पणी गर्दै उनले मोवाइलमा सपनाको अ श्लि ल तस्बिर भएको भन्दै सार्वजनिक गरिदिने ध म्की दिएका थिए । उनले सपनालाई अनेक लाच्छना पनि लगाएका थिए । सपनाको साथ दिनेहरुलाई पनि सि ध्याइ दिन्छु भन्दै दिएको अन्तरवार्ता नै सार्वजनिक भएको छ । उनलाई हामीले भर्खरै गोंगबुको नयाँ बसपार्कबाट पक्राउ गरेका छौं,ु प्रहरी एसएसपी सिंहले भने, ‘उनीलाई हामीले परिसर ल्याएर अनुसन्धान अघि बढाउँछौं।’

सपनाले बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गराएकी थिइन् । उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि भेटेर निवेदन दिएकी थिइन् । .

बस्नेतले युट्युबमा सपना रोका मगरका नां गा तस्वीर देखाइदिने भन्दै ध म्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। बस्नेत वेवारिसे शव ब्यवस्थापनको काम गर्छन । उनको संस्थामा आवद्ध भएर सपनाले पनि केही महिना संगै काम गरेकी थिइन् । त्यसपछि सपनाले आफ्नो छुट्टै संस्था दर्ता गरेर काम अघि बढाएपछि उनीहरुबीच सम्बन्ध विग्रिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv