प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाँदै

काठमाण्डौं,फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । नेकपा ओली पक्षको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पोखरा जानलाग्नु भएको हो ।

प्रधानमन्त्री ओली जहाज मार्फत् सोमबार बिहान ११ बजे पोखरा पुगी गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास पनि गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

उक्त प्रतिष्ठान भवन नदीपुरमा बनाउन लागिएको छ । यस्तै पोखरा सभागृहमा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

सर्वच्व अदालतले प्रतिनिधि सभा पुन:स्थापनाको फैसला सुनाएपछी पनि उनको भ्रमण रोकिएको छैन । यस अघी प्रधानमन्त्री ओली आईतबार झापा पुग्नु भएको थियो । वहाँले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यास गर्नुभएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv