सरकारले पठाएको हेलिकप्टर महासचिव विप्लवद्धारा अस्विकार कार्यक्रममा सहभागी हुन गाडीमा काठमाडौ आउँदै
काठमाण्डौं,फागुन २१ । नेकपाका महासचिव विप्लव सरकारले पठाएको हेलिकप्टर अस्विकार गरेकाछन् उनी कार्यक्रममा सहभागी हुन गाडीमा काठमाडौ आउँदैछन्
सरकार र विद्रोही नेकपा विप्लव विच वार्ता सहमतिमा पुगेपछि आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा सहभागी हुन महासचिव काठमाण्डौं आउन लाग्नु भएको हो । महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गरेको स्रोतले बताएको छ ।
राष्ट्रिय सभागृहमा सरकार र विप्लव समुह विच भएको सम्झौता सार्वजनिक गरिदै छ । मोहन वैद्य किरणले यदि विप्लवले सत्तासंग सम्झौता गरेमा हेर्ने दृष्टिकोण पनि फरक हुने वताएका छन ।
सरकारले हेलिकप्टर पठाउने तयारी गरेको थियो तर बिप्लबले अस्विकार गरेको बताइएको छ । अहिले वहाँ गाडीमा काठमाडौ आउदैहुनु हुन्छ ।