१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको दिन सिन्धुपाल्चोकमा देखियो यस्तो दृश्य ( भिडियो सहित )
सिन्धुपाल्चोक,फागुन २५ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवस सिन्धुपाल्चोकमा नेपाल महिला संघ क्षेत्र नं १ द्धारा विविध कार्यक्रमको आयोजना गरी मनाईको छ ।
सोमबार संघको क्षेत्रीय सभापती लक्ष्मी श्रेष्ठको संयोजकत्वमा सचालित उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य , पुर्व सुचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेत, बिशेष अतिथी नेपाली कांग्रेस महासमिती सदस्य लीला नेपाल तथा जिल्ला , स्थानिय नेता,कार्यकर्ता लगायत सो क्षेत्रवरपरका महिलाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम शुरु हुनु अघी महिलाहरुले बाजागाजा सहित र्याली निकालेका थिए ।
प्रमुख अतिथी बस्नेतले कार्यक्रममा सहभागी हुने अवसर दिएकोमा आयोजक समितिलाई शुभकामना,धन्यवाद दिनुभएको थियो ।
त्यस्तै बिशेष अतिथी लीला नेपालले “महिला श्रमिकहरुको हकहितका लागि आफु सदैव कृयाशिल रहने बचनबद्धता प्रकट गर्नुभएको थियो ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष, जिल्ला सभापति,क्षेत्रिय सभापति,नेपाल महिला संघका जिल्ला. क्षेत्र र गाउँपालिकाबाट आएकाहरुले महिला दिदी बहिनीहरुलाई शुभकामना दिएका थिए ।