एमालेमा रामराज्य होइन अब राणा शासनको सुरुवात हुँदै : अध्यक्ष के पी ओलीको कदम बिरुद्ध झाँक्रीले प्रतिवादमा उत्रन सबैलाई आग्रह
काठमाण्डौ,फागुन २९ । नेकपा ( एमाले ) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व तहमा गरेको हेरफेरपछि नेकपा एमाले भित्र पुनः विवाद चर्किएको छ।
केपी ओलीको कदमविरूद्ध नेकपा एमालेका अधिकांश नेताहरुले एकअर्काको आलोचना गरिरहेका छन् ।
एमालेकी नेतृ रामकुमारी झाँक्रीले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेर कडा चेतावनी दिएकी छन्। उनले अब जिन्दगीको अन्तिम र निर्णयाक आन्दोलन हुने बताएकी छन्।
जे भइरहेको छ यो एकदमै गलत हो। विधानविपरीतको यो ज्यादती हो। कम्युनिस्ट आन्दोलनको विसर्जन हो,’ उनले लेखेकी छन्, ‘तर, हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौं। यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद दुवै गर्नेछौ। साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’