भृकुटीमण्डपबाट प्रधानमन्त्री ओलीको गर्जन : ‘बाटो बिराएका नेताहरुलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस्

काठमाण्डौं,फागुन २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन सबैलाई आग्रह गरेका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ७ गतेका लागि बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आग्रह गरेका हुन्। उनले बैठकमा अनुपस्थित हुँदै गएमा पार्टीका विधानअनुसार कारबाही हुने समेत चेतावनी दिए।

सम्बोधन गर्दै उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूप्रति लक्षित गर्दै मञ्चबाटै चैत ७ गतेको बैठकमा नआए कारबाही गर्ने चेतावनी दिएका हुन्। उनले पटक–पटक बैठकमा नआए पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन्।

‘माधव नेपाल पेरिसडाँडा (माओवादीको पार्टी कार्यालय) बाट बानेश्वरको अर्याल होटलसम्म आएर बास बस्नुभएको छ रे भन्ने सुनेको छु । उहाँलाई बालुवाटारसम्म आइपुग्न पर्याप्त समय पुगोस् भनेर चैत ७ गते बालुवाटारमा केन्द्रीय समिति बैठक बोलाएको छु, उनले भने,‘२०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु, केन्द्रीय कमिटीका सदस्यहरू आउनुहोला,’ उनले भने, ‘अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ।’

‘आउनुभएन निरन्तर अनुपस्थित हुनुभयो भने विधान बमोजिम हुनेछ,’ उनले भने, ‘आउनुभयो भने त्यसपछि छलफल गरेर अघि बढौंला ।’

ओलीले आफ्नै पार्टीका नेता माधव कुमार नेपाल सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतका विपक्षीहरुले बुनेका ता’नावा’नाले आफूलाई कुनै फरक नपर्ने बताएका छन् । उनले माकुराको जालोमा भैसी नपर्ने भन्दै ब्यङ्ग्य पनि गरे ।

प्रचण्ड–नेपाललगायतलाई संकेत गर्दै उनले भने,‘ माकुराले कहाँ जालो थापेको छ ? जालो चुँडाएपछि ऊ कराउन थाल्छ – जालो चुडिँयो, यसरी चुडाउन पाइदैंन भन्छ । उसले थापेको जालो नै थाहै नपाई चुँडिन खालको छ त म के गरौं ?’

उनले माधव नेपाल समूहले ‘केपी ओलीलाई ठेगान लाउन आउँछौं’ भनेको सुनेको भन्दै आफूले त्यो कुरा ‘खुट्टा देख्दै पत्याएको’ र त्यसो गरे ‘बाटैमा खुट्टामा ठेस लाग्ने’ बताए। उनले समय छँदै मेहनत, पसिना, बल, बुद्धि खर्च गर्न आग्रहसमेत गरे ।

बैठक नबसि पार्टी अध्यक्ष र दलको नेता छाने भन्दै खुसियाली बनाएको उनले बताए। ‘एकजना अध्यक्षका लागि हिरिक्क-हिरिक्क गरिरहेका थिए। अध्यक्ष बने रे कहाँ हो?’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई वर्वाद पार्नका लागि खुसियालीमा लड्डु खाएर खुसियालीमा अविर जात्रा गरेको हो हेरियो, हेदैछौँ।’ ​झगडियाले मुद्दा गर्ने भएकाले कार्यकर्ता देश बनाउनतिर लाग्ने ओलीको भनाई थियो।

एमाले अध्यक्ष ओलीले भने, ‘बाटो बिराएका नेताहरुलाई पनि भन्न चाहन्छु, सच्चिनुस् र आउनुस् ।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv