ठकुरी सहयोग संजाल दाङको सक्रियतामा एक दिने निशुल्क श्वास्थ्य शिविर सम्पन्न
दाङ,चैत ९ । ठकुरी सहयोग संजाल दाङ शाखाको आयोजना र पाल्पाली पोलिक्लिनिकको सहकार्यमा एक दिने निशुल्क श्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शनिबार तुलसीपुर उपमहानगर पालिका ११ बेलाटाकुरामा राखिएको उक्त शिविरमा करिब दुई सय जनाको रगतमा सुगरको परिक्षण, थाईराईड परिक्षण र नि:शुल्क औषधि बितरण गरिएको संजालले जनाएको छ ।
सो स्वास्थ्य शिविर ठकुरी सहयोग संजाल दाङका अध्यक्ष श्रिङ्गार शाह ठकुरी, सल्लाहकार बिश्वदेब शाह ठकुरी लगाएतका अभियान्ताहरुको सक्मारियतामा सम्पन्न भएको हो ।
ठकुरी सहयोग संजालले बिभिन्न समयमा देशभर श्वास्थ्य,शिक्षा र जनचेतनामुलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने केन्द्रीय अध्यक्ष अजय मल्ल ठकुरीले बताउनु भयो । दाङमा भर्खरै शाखा बिस्तार गरिएको र शाखा अध्यक्ष श्रिङ्गार शाह ठकुरी, सल्लाहकार बिश्वदेब शाह ठकुरीको सकृय भूमिकाको प्रसंशा गर्नु भयो ।