सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै लगायो यस्तो नियम

काठमाण्डौ,चैत २५ । सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा कडाई गरेको हो।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भयरहेको निगरानीमा काठमाडौं, पोखरा लगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको भन्दै सचेत हुन सबै शैक्षिक संस्थालाई अनुरोध गरेको छ ।

सार्वजनिक यातायातमा भीडभाड कम गर्ने र स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । सपिङ महल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, पौडी पोखरी र धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्डमा कडाई गर्न भनिएको छ ।
मन्त्रालयले विदेशबाट फर्किएपछि अनिवार्य घरमै क्वारेन्टिनमा बस्न भनेको छ ।

मन्त्रालयले काठमाडौं लगायतका शहरहरुमा कोरोना संक्रमण दर बढ्ने क्रममा रहेको दाबी गर्दै शैक्षिक संस्थाहरु र अन्य भीडभाड हुने ठाउँमा सतर्कता अप्नाउन आग्रह गरेको छ । जारी सूचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्वीमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । मन्त्रालयले विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टिनमा राख्न समेत आग्रह गरेको छ ।

यस्तो छ १० बुँदे सूचना :

१)हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भैरहको निगरानीमा काठमाडौं, पोखरा लगायतका ठूला सहरहरूमा विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढ्दो रहेकोले सम्पूर्ण शैक्षिक संस्थाहरूमा संक्रमणको उच्च सतर्कता अपनाउनुहुन सरोकारवाला सबैमा अनुरोध छ ।

२) जोखिम बढेका ठूला सहरहरूमा सार्वजनिक यातायातमा यात्रा गर्ने वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अनिवार्य पालना गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ।

३) बढी भीडभाड र जोखिम बढ्न सक्ने स्थानहरू जस्तै सपिङ-मल, नाचघर, सिनेमाहल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिंग पुल लगायतका क्षेत्र, मन्दिर लगायत धार्मिक स्थानहरू हालको परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्यका मापदण्डहरू अति कडाइका साथ पालना गरेर मात्रै सञ्चालन गर्ने गराउने व्यवस्था गर्नु गराउनुहुन सरोकारवाला सबैमा अनुरोध छ।

४) विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले तोकिएका मापदण्डहरू पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीलाई व्यवस्थित र कडाइ गर्न गराउनु हुन स्थानीय तह र स्थानीय प्रशासनहरूलाई अनुरोध छ।

५)कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा केस इन्भेष्टिगेसनका लागि एन्टिजेन तथा आवश्यकता अनुसार पिसिआर परीक्षण बढाउनका लागि सम्बधित स्वास्थ्य कार्यालयहरू तथा स्थानीय तहहरूलाई अनुरोध छ।

६) सबै जिल्ला प्रशासन कार्यालयलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गर्नुहुन अनुरोध छ।

७) रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि कडाइका साथ बन्द गर्न गराउन अनुरोध छ।

८) संक्रमणको अवस्था हेरी ठूला सहरहरूमा ५०० भन्दा बढी र साना सहरहरूमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनलाई कडाइका साथ गर्न गराउनु हुन अनुरोध छ।

९) विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरूको संख्या सम्बन्धमा वा क्वारेन्टाइन अवधि वेभ गर्ने सम्बन्धमा (जस्तो कि संक्रमणको यो जोखिमकाबिच तीन देशीय क्रिकेट म्याच आयोजना स्वीकृति तथा संचालनका सम्बन्धमा) र अब आइन्दा कोभिड संकटको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कडाइका साथ निर्णय लिन तथा कार्यान्वयन गर्न गराउन समन्वय गर्नु गराउनुहुन सरोकारवाला निकायहरूसँग अनुरोध छ।

१०) संक्रमणको बढी जोखिम हुन् सक्ने स्थानहरूमा र्‍यानडम एन्टिजेन परीक्षण बढाउन स्थानीय तहहरूलाई समन्वय गरी व्यवस्थापन गरिदिनुहुन अनुरोध छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv