छैठौं पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ को उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक

काठमाण्डौं १ मङ्सीर । लोकदोहरी क्षेत्रको बिभिन्न बिधामा छैठौं पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्डको मनोनयन सार्वजनिक गरिएको छ ।

शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने मुल नारा सहित काठमाडौंमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको छैठौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ का मनोनयन सार्वजनिक भएको हो । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाको अध्यक्षतामा रहेको यस कार्यक्रममा केन्द्रिय अध्यक्ष बद्रि पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो ।

मनोनयन सार्वजनिक कार्यक्रममा पुर्व केन्द्रिय अध्यक्ष दुर्गा रायमाझी, निर्वतमान केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, केन्द्रिय सचिव शंकर बिसी, समाजसेबी पृथ्बी थकाली लगायत थुप्रै कलाकारर पत्रकारहरुको उपस्थिती रहे्को थियो । उक्त कार्यक्रममा राजकुमार रायमाझी र शान्ति श्री परियारले शहजीकरण गर्दै सञ्चालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष सुजन लम्सालले स्वागत मन्तब्य राखेका थिए ।

प्रमुख अतिथी बद्री पंगेनीले कार्यक्रममा शुभकामना मन्तब्य दिदै आजकल धेरै अवार्ड कार्यक्रमहरु धेरै हुने गरेकोमा खुसी ब्यक्त गर्दै उपत्यका समन्वय समितीको अवार्ड छुट्टै प्रकारको रहेको कुरा पनि जनाए । उपत्यका समन्वय समितीका अध्यक्ष पिएन सापकोटाले अवार्ड मनोनयन कार्यक्रमलाई सफल पार्न सहयोग गरेको भन्दै धन्यबाद दिनुका सार्थै पत्रकारहरुले मिडियाबाट गरेको सहयोग प्रति आभार प्रकट गरेका थिए ।

मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपले सम्पन्न भएकोमा आयोजक समिती र सह आयोजकका रुपमा रहेका उपत्यका समन्वय समिती अन्तर्गत रहेका ९ वटा समितीले कलाकार र पत्रकारहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा समेत रहेको कुरा ब्यक्त गरेका थिए । छैठौं पृथ्बी राष्ट्रिय लाके दोहोरी २०७५ मा हाल बिभिन्न २५ वटा बिधाको उत्कृष्ठ पाँच मनोनयन सार्वजनिक भएको छ भने सम्मानीत अन्य बिधा गरि जम्मा ३२ वटा बिधामा अवार्ड बितरण गरिने कुरा जानकारीमा आएको छ । बिभिन्न २५ वटा बिधामा भोटिङ्ग गरि जिताउन सकिने छ ।

बिभिन्न बिधामा भोट गरि आफुले चाहेको ब्यक्तीलाई जिताउनका लागी आफुले चाहेको ब्यक्तीको कोड लेखी ३८००० मा म्यासेज पठाउन सकिने छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv