२०५२ सालमा प्रथम हुन सफल बुलाबुल तालैमा बुनु ले गाउँदा ( भिडियो सहित )

काठमाण्डौं,चैत २८ । गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको आवाजमा चर्चित गीत ‘बुलबुल तालैमा‘ को भिडियो सार्वजनिक भएको छ । दर्शक तथा स्रोताको मनमा बस्न सफल ‘बुलबुल तालैमा‘ गीतलाई पुन:रेकर्डिङ गरि सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।

२०५२ साल तिर रेडियो नेपालमा प्रथम हुन सफल यस ‘बुलबुल तालैमा‘ गीत २०५४ सालमा पुन: रेकर्डिङ हुँदा करिब ४ लाख भन्दा बढी अडियो चक्का समेत बिक्रि भएको थियो ।

कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ । गीतमा रिदम कंडेलको एरेन्ज रहेको छ।

सार्वजनिक गीतको भिडियोमा सुधिर श्रेष्ठ ,महादेव त्रिपाठी ,यांगशु श्रेष्ठ र आकंक्षा तामाङको अभिनय रहेको छ। संसारको सबै भन्दा होचो व्यक्ति मनोज बिकको समेत यस गीतमा अभिनय रहेको छ ।

राम कुमार केसीको छायांकन ,गौतम राज खड्का सम्पादन गरिएको भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्राफी रहेको छ। भिडियोलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv