नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक

काठमाण्डौ,चैत २८ ।  नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक सकिएको छ ।

देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि कांग्रेस र माओवादी केन्दका नेताहरुले आजको छलफल सकरात्मक भएको जसापाको निर्णय पर्खने सहमति भएको बताएका छन् ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।
बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णयबारे दलहरूलाई औपचारिक जानकारी गराएका थिए । जसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ?’

बैठकमा जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे पार्टीभित्र थप छलफल गर्नुपर्ने भन्दै समय मागेपछि पुनः बैठक बस्ने सहमतिका साथ आजको बैठक सकिएको हो ।

बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै जसपा नेता महन्थ ठाकुरले आफूहरुसक्षम पहिलो पटक सरकार बदल्ने औपचारिक प्रस्ताव आएको र यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्ने कुरा बैठकमा राखेको बताए।

‘पहिलो पटक सरकार बनाउने औपचारिक प्रस्ताव आएको छ ,’ उनले भने, ‘हामीले यस विषयमा कुनै छलफल गरेका छैनौं । हामीले छलफल गर्न बाँकी नै छ । हामी छलफल गरेर चाँडै यसबारेमा निर्णय लिन्छौं भन्ने कुरा राख्यौं ।’

३ बजे बस्ने भनेको बैठक जसपा नेताहरु ढिलो आएपछि ४ बजेपछि मात्रै सुरु भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv