आज ९४ औं फोटो पत्रकारिता दिवस विश्वभर मनाइदै

काठमाण्डौं,बैशाख १३ । विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा वीरगञ्जकी एक महिलाले चर्खामा धागो कात्दै गरेको फोटो समाचार प्रकाशित भएको थियो । सोही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा पहिलो पटक पत्रिकामा प्रकाशन भएको दिनको संझनामा फोटो पत्रकारिता दिवसका रुपमा मनाइँदै आएको छ ।

यस अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले स्वदेश तथा विदेशमा रहेका फोटो पत्रकार, फोटो ग्राफर र पत्रकारितामा रुचि राख्ने सम्पूर्णलाई शुभकामना दिएको छ ।

संस्थाका महासचिव प्रदीपराज वन्तले आज विज्ञप्ति जारी गर्दै सबैलाई फोटो पत्रकारिता दिवसको शुभकामना दिएका हुन् ।

विगत वर्षमा संस्था दिवसको दिन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड प्रदान, प्रभात फेरी, फोटो पत्रकारिताका विषयमा अन्तरक्रिया लगायतका कार्यक्रम गर्दै आएको थियो । तर, याे वर्ष भने कोरोना महामारीको जोखिमका कारण सार्वजनिक कार्यक्रम गर्न असमर्थ भएको महासचिव वन्तलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

नेपालका फोटो पत्रकारलाई संगठित गरी एकतावद्ध गराउने उद्देश्यले यो संस्था २४ वर्षअघि स्थापना भएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv