जनताका गुनासा सुन्न सीसीएमसीले गर्यो संयन्त्र गठन

काठमाण्डौं, बैशाख १६ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ ।

सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार जनताका गुनासा टोल फ्री नं ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ । यस्तै शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क राख्न हुन सिसीएमसीले अनुरोध गरेको छ ।

यसैगरी विदेश जाने र विदेशबाट आउनेले सिसीएमसीको वेबसाइट www.ccmc.gov.np रहेको फारम भर्न अनुरोध गरिएको छ । यसरी सङ्क्रमण र बन्दाबन्दीमा परेका व्यक्तिलाई सहज बनाउनका लागि संयन्त्र गठन गरिएको हो । कोरोना भाइरस सङ्क्रमणको दर उच्च भएपछि सरकारले आजदेखि उपत्यकामा वैशाख मसान्तसम्म बन्दाबन्दीको घोषणा गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv