ठकुरी सहयोग सञ्जाल यु.ए.ई. को अध्यक्षमा भिम बहादुर मल्ल निर्वाचित

काठमाण्डौ, बैशाख २ । विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग सञ्जालको संयुक्त अरब इमिरेट्स शाखाको अध्यक्षमा पाल्पाका भिम बहादुर मल्ल निर्वाचित भएका छन् । हिजो शुक्रबार दुबई स्थित बरदुबईमा भएको सञ्जालको प्रथम अधिवेशनले मल्ललाई सर्वसम्मत निर्वाचित गरेको हो ।

काठमाण्डौमा केन्द्रिय कार्यलय रहेको ठकुरी सहयोग सञ्जालले विश्व भरिका ठकुरीहरुलाई एकिकृत गर्ने उद्देश्यले देशका जिल्ला तथा ठकुरीहरुको बस्ती रहेका प्रवासमा समेत शाखा विस्तार गर्दै आइरहेको छ । यु.ए.ई. शाखा, प्रवासको दोस्रो शाखा हो , यस अघि ठकुरी सहयोग सञ्जाल कतारको स्थापना भैसकेको छ । यु.ए.ई.मा रोजगारको शिलशिलामा करिब तीन सय ठकुरी रहेको जानकारी नवनिर्वाचित अध्यक्ष मल्लले दिए ।

यु.ए.ई. को नवनिर्वाचित कार्यसमिती २२ सदस्यि रहेको छ । बरिष्ठ उपाध्यक्षमा कोहलपुरका दिपक शाही निर्वाचित भएकाछन् । उपाध्क्षहरुमा सि.एन. चन्द र दिनेश मल्ल ठकुरी, त्यसैगरी महासचिव, सचिव र सहसचिवमा क्रमसः जिवन सिंह ठकुरी, दिनेश मल्ल र जितु उचाई ठकुरी रहेका छन् । कोषाध्यक्ष र सहकोषाध्यक्षको जिम्मेवारी सारदा शाह र चन्दा शाही सेनले पाएका छन् । सदस्यहरुमा त्रिलोचन चन्द, सुरज शाह, सुनिल जंग मल्ल हिमाल जंग शाही, लोक बहादुर बंशी, तप्त बहादुर शाही, राम सेन ठकुरी, मिना शाही, नरेश सेन ठकुरी, पूर्ण बहादुर शाही, बलिन्द्र मल्ल, विश्व बम मल्ल र अरुण बिक्रम शाह निर्वाचित भएका छन् ।

ठकुरी सहयोग सञ्जालका केन्द्रिय सल्लाहकार एवंम् शिलेट ट्राभल एण्ड टुर्सका संचालक नरेश सेन ठकुरीको संरक्षकत्वमा रहेको यु.ए.ई शाखाले ७ सदस्यीय सल्लाहकार समिती पनि चयन गरेको छ । सल्लाहकार समितीमा बरिष्ठ सल्लाहकार तर्फ सन एण्ड मुन ट्राभलका संचालक लोकेन्द्र बहादुर बम र सल्लाहकारहरु तर्फ विश्व देव शाह, तारा मल्ल, केभिन जंग शाही, गगन शाही, भिम हमाल र लेम मल्ल रहेका छन् ।

प्रथम अधिवेशनका लागी नेपालबाट ठकुरी सहयोग सञ्जालका केन्द्रिय अध्यक्ष रेशम जंग शाहको साथमा सल्लाहकार कविता शाह र उपत्यका इन्चार्ज हिमाल मल्ल दुबइ पुगेका थिए । अधिबेशनलाई सम्बोधन गर्दै अध्यक्ष शाहले विदेशमा बस्ने नेपालीहरुलाई मिहेनती मौरीको संज्ञा दिए । शाहले भने “हजुरहरु भनेको मिहेनती मौरी हो, भुर्र उडेर यहाँ आउनु हुन्छ, मिहेनत गरी रस लिएर नेपाल जानुहुन्छ, त्यसैले त नेपालमा बृद्ध आमा बाबाले फलफुल खान पाउनु भएको छ, बिरामी पर्दा उपचार गर्न पाउनु भएको छ, नानीहरुले राम्रा राम्रा नाना लगाएर बिद्यालय जान पाएका छन् ।”
करिब तीन घण्टा चलेको अधिवेशनलाई सञ्जालका विदेश विभाग प्रमुख रामु शाही ठकुरीले संचालन गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv