ललितपुरका मेयरले गरे मनोमानी सडक पेटीलाई पाटी बनाउने भन्दै लाखौं रकम हिनामिना

ललितपुर,असार १७ ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पुल्चोक स्थित सडक पेटिमा पाटी बनाउने भन्दै लाखौं रकम बिनियोजन गरेका छन ।
उनले आर्थिक बर्ष २०७७ – २०७८ को बजेटमा ललितपुर महानगरपालिकाको वडा नम्बर ३ स्थित अशोक स्तुपा नजिकै रहेको सडक पेटिलाई पाटी बनाउन भन्दै स्थानिय समुह समय फल्चाको नाममा ३० लाख बजेट छुट्याएका हुन् ।
तर सो क्षेत्र यसै त सडक बिभागको रहेको र उनले निकासा गरेको रकम केवल समय फल्चाको लागि मात्र हुने देखिन्छ किनकी सो क्षेत्रमा पाटी बनाउनका लागि न त प्रयाप्त जग्गा नै छ नत कुनै सम्पदाको संरक्षण वा पुनर्निर्माण गर्नु पर्ने देखिन्छ । किनकी सो स्थानमा ब्यक्तिगत जग्गाको आँगन सँगै पैदल यात्रु हिड्ने बाटो पर्दछ ।


सो बिषयमा बिबाद उत्पन्न भए पछी मेयरको एक्लौटी निर्णयका बिरुद्ध स्थानियहरुले बिरोध गर्दै पाटी बनाउन रोक लगाउनका लागी नेपाल सरकारको सम्बन्धित निकायमा उजुरी दिएका छन । अख्तियार दुरुपायोग अनुसन्धान आयोगबाट प्रधानमन्त्रीको कार्यालयमा पत्राचार भई संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयलाई पत्राचार गरीसकेको छ ।

त्यस्तै संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयबाट पनि २०७८ जेठ ५ गतेको पत्रको चलानी नम्बर ५४७ मार्फत पाटी निर्माणको लागि बजेट बिनियोजन गर्नुको कारण माग गरिएको छ । त्यस्तै सडक बिभागको कार्यलय ललितपुरले पनि यो क्षेत्रमा पाटी नबनाउन अनुरोध गरेको र यद्दपी बनाए सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारवाही हुने जनाएको छ ।

सोही सडक पेटीका बिषयमा नेपाल सरकारको स्वामित्वमा रहेको सो जग्गा सडक बिभाग डिभिजन कार्यालयले पाटी निर्माण गर्न दिन नहुने भनी पत्र पठाएको र २०६८ साल मंङसीर २५ गते तत्कालिन ललितपुर उपमहानगरपालिकाको बोर्डको बैठकले सो क्षेत्र नेपाल सरकारको स्वामित्वमा रहेको सो जग्गामा सडक फुटपाथ समेत देखिएको,सडक बिभाग डिभिजन कार्यालयले पाटि निर्माण गर्न दिन नहुने भनि लेखि आएको, काठ्माण्डौ उपत्यका नगर बिकास योजना कार्यान्वयन समितिको मापदण्ड ६४ को दफा १३ अनुसार सडक केन्द्र रेखाबाट दुबै तर्फ ११—११ मीटर स्थायी खालको निर्माण कार्य गर्न नपाइने मापदण्ड रहेको र कित्ता नम्बर ३२७ सडक सिमा भित्रै रहेको देखिएकोले उक्त कित्तामा कुनै निर्णय गर्न नेपाल सरकार र ऐनले तोकेको अन्य प्रचलित कानुन अनुसार सम्बन्धित निकायबाट स्विकृत लिनु पर्ने कानुनी राय समेत प्राप्त भएको र नेपाल सरकारबाट स्विकृत प्राप्त भएको समेत नदेखिदा कित्ता नम्बर ३२७ मा पाटी निर्माण गर्न अनुमती दिन नमील्ने र समयफल्चा पाटी पुनः निर्माण समितिको माग अनुसार आर्थिक सहयोग समेत दिन नमिल्ने निर्णय गरेको ब्यहोरा उल्लेख छ । तर अहिलेका मेयर चिरिबाबु महर्जनले बनाउनै पर्ने के खास छ सो स्थानमा के उनको सो स्थानमा रहेको ब्यक्तिगत जग्गावाल सँगको रिसीबी हो या सो घर नगरपालिकाको मापदण्ड बिपरित बनेको हो ? यही बिषयमा हामीले ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्री गोपाल महर्जन सँग प्रश्न गर्दा “मापदण्ड बिपरित बनाउने प्रयास हुँदैछ ठीक होइन ।” घर बनाउन नक्सा पास गर्दा उक्त स्थानमा केही नभएको जिकिर गर्नु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv