फेरी बढ्यो भाइरस सङ्क्रमण दर

काठमाडौं,असार २४ । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसँगै अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ५० हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ जनाको नमूना परीक्षण गर्दा दुई हजार ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मुलुकभर सात हजार ८३५ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई हजार ७७ जनामा र चार हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३३ सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ७५६ रहेको छ । सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा दुई हजार ७८८ छन्। यसैगरी ५७१ आइसियूमा र १६१ जना भेन्टिलेटरमा बसेर उपचार गराइरहेका छन् ।

नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार २९१ भएको छ । देशभर ३३ लाख ९१ हजार ३७९ नमूनाको पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ३२३ जना रहेका छन् । आइसोलेसनमा रहनेको सङ्ख्या २६ हजार ५४४ छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५४३ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९०, ललितपुरमा ८७ र भक्तपुरमा ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv