ओलीले धेरै पटक झुक्याए कसैको टाङमुनि नछिर्ने – माधव नेपाल

काठमाण्डौं,साउन २७ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुले अब कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन् । अध्यक्ष ओलीले आफुहरुलाई धेरै पटक झुक्याएको भन्दै अब भने आफूहरू दृढतापूर्वक अगाडि बढ्ने र कसैको टाङमुनि नछिर्ने बताएका छन् ।

हालै एमबीबीएसको प्रवेश परीक्षामा सामुदायिक स्कूलबाट पहिलो नम्बरमा नाम निकाल्न सफल आशिक झालाई बधाई दिन पुगेका उनले यस्तो बताएका हुन् । उनले सम्बोधनका क्रममा राजनीतिक कुरा नगर्ने भन्दै यस्तो बताएका हुन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले झालाई बधाई कार्यक्रम राखेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि बनेका नेता नेपालले केपी ओलीसँग नझुक्ने संकेत गरे ।

कार्यक्रममा राजनीतिक कुरा भने गर्न छोडेनन् । उनले भने, ‘हामी दृढताका साथ अगाडि बढ्नेछौं । कसैको टा’ङमुनि छिर्ने छैनौं । अध्याँरो सुरुङमा छिर्नेवाला छैनौं । तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं ।’ नेता नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरूलाई फेरि जिताएर ल्याउने दावी गरे । उनीहरूले बहादुरी देखाएको नेपालको टिप्पणी छ ।

‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, उनले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’ बहादुरी भएकाहरुको मात्र कदर हुने र कायरहरुलाई ठाउँ नभएको उनको टिप्पणी छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv