चलचित्र ‘टुल्की’को ट्रिजर सार्वजनिक

काठमाण्डौ,भदौ ३१ । बहुपती प्रथामाथि आधारित चलचित्र ‘टुल्की’को ट्रिजर सार्वजनिक भएको छ । बुधवार काठमाण्डौंको ए वन सिनेमा हलमा पत्रकारमाझ प्रदर्शन गर्दै सो चलचित्रको ट्रिजर सार्वजनिक भएको हो ।

निर्माण पक्षका अनुसार चलचित्रमा डोल्पाका मनोरम द्रिश्यलाई सक्दो पर्दामा उतार्ने कोशीस गरेको छ । स्थानिय पात्रहरुलाई समेटेर बनाइएकोले कथाबस्तुमा जीवन्त देखिएको दावी छ ।
चलचित्रमा स्वस्तिमा कार्की,शिशिर वाङ्देल,नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको अभिनय रहेको छ ।
चलचित्रलाई देवजंग थापाले निर्देशन गरेका छन । डोल्पाको तल्लो भागमा बसोबास गर्ने ब्राह्मण परिवारमा जन्मिएकी एक युवतीले माथिल्लो डोल्पाको शेर्पासँग प्रेम विवाह गरेर गएपछि उनले भोग्नु परेको पीडा र व्यथालाई चलचित्रमा उतारेको छ । ९० लाखको लगानी रहेको चलचित्रका निर्देशक थापाले नै छायांकन गरेका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv