गायिका पारु को “के माया होइन र ” गीत सार्वजनिक

काठमाण्डौं असोज ६ । माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको ‘यो माया होइन र’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा बेलायत निवासी गायिका पारु राईको स्वर, शब्द रहेको छ। युगल गायनमा रहेको यस गीतमा गायक मनोज थापा मगरको संगीत र संगीत संयोजन रहेको छ। सम्पूर्ण रुपमा बेलायतका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ।

पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो। गायक थापा मगरको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv