आज मेरो दिल जलेर’लिएर आए प्रमोद

काठमाण्डौ,असोज ७ । नेपाली आधुनिक गीत संगीतको बजारमा निरन्तर, सदाबहार योगदान दिईरहेका चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको ‘आज मेरो दिल जलेर’ गीत सार्वजनिक भएको छ। सेन्टिमेन्टल जनरामा  बनेको  यस गीतमा म भन्दानी , धेरै माया गर्ने मान्छे, दिलको बदला लगायत धेरै गीतमा संगीत भर्दै आधुनिक गीत संगीतको यात्रामा निरन्तर लागिपरेका  राज कुमारको संगीत रहेको छ भने  गीतकार रवि प्याकुरेल ‘अन्जान’को शब्द रहेको छ।

यस अघि पनि थुप्रै गीत लेखिसकेका रबि प्याकुरेलका शब्दहरुमा मेलिना राई लगायत थुप्रै चल्तिका गायक गायिकाहरुले स्वर दिईसकेका छन । नेपाली लगायत अङ्रेजी गीतहरु पनि लेख्न सफल रबि प्याकुरेल ‘अन्जान ‘ आँफैमा एउटा राम्रो गायक पनि हुन ।  २०० भन्दा बढी गीत लेखिसकेका अनि कतिपय गीतमा संगीत पनि भरेका रबिका आगामी दिनमा पनि थुप्रै गीतहरु बजारमा आउने तयारीमा छन ।

एभरेष्ट राजको निर्देशन रहेको यस भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या, प्रिन्सको  अभिनय रहेको छ । सुरज लामाको  छायांकन तथा राज कुमारको  सम्पादन रहेको  भिडियोलाई  एक्का  कम्पनीले निर्माण गरेको हो । यो दुनियाँनै माया प्रेममा अडिएको छ जहाँ कहिले मिलन त कहिले बिछोड भइरहेको हुन्छ । यही यथार्थवादी  कुराको भावलाई गीत मा समावेश गरिएको छ।

गीतको भिडियो एक्का कम्पनी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv