हरि मानन्धरको “हर चीज राम्रो लाग्छ मन परेपछि…” फिदा चलचित्रको सुटिङ रिपोर्ट (भिडियो सहित)

काठमाण्डौ,मङ्सीर । गीजलकार हरि मानन्धर “विवश”को गजल/गीत यतिबेला राजधानीको यूएन पार्कमा भिडियो सुटिङ भएको हो । रोजगारीको सिलसिलामा इजरायल रहँदा हरि मानन्धर “बिबश” उक्त् गजल लेखेका थिए भने उनकै पहिलो गजल एल्बम “बिबश”मा समावेश गरेका थियो । संगीतकार सुरेश गैरेको संगीतमा उक्त् गजल उदयराज पौडेलको एरेन्ज गरेका थिए भने चर्चित गायिका अञ्जु पन्तले स्वर भरेकि थिइन् ।

यतिबेला उक्त गजललाई गीतकार तथा निर्देशक शंकर अधिकार “घायल”ले निर्माण गर्न लाग्नु भएको नेपाली कथानक चलचित्र “फिदा”मा राख्नका लागि भिडियो रकेडिङ गर्नु भएको हो । शंकर अधिकार “घायल” आफै गीतकार हुदा हुदै पनि अन्जु पन्तको स्वरमा रहेको “हर चिज राम्रो लाग्छ मन परेपछि…” बोलको गजललाई गीतको रूपमा बन्दै गरेको नेपाली कथानक चलचित्र “फिदा”मा समावेश गर्न लाग्नुभएको हो ।

मोहन गमालको प्रस्तुतीमा कालू पाण्डे ‘शरद’को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा फिदा चलचित्रको छायांकन तिब्रगतिमा हौदैछ । बिश्वास भण्डारीको छायांकन, राजन महर्जनको नृत्य, राजु किराँतको द्वन्द, बिश्वास भण्डारी र अन्जली थापाको सम्पादन रहने फिदा चलचित्रमा प्रकाश राहुल कोइराला टिमको रहने छ ।

राजु पौड्याल, दिप्ती लामिछाने, प्रवेश लिम्बू, दुर्गा थापा, प्रतिमा राई, प्रेमा मगर र राजन महर्जन बिजय भुर्तेल रोशन बिसिको अभिनय रहने छ भने गीत हरि मानन्धर बिबस, सुभाष गौतम र शंकर अधिकारी घायल को रहेकोछ भने नित्याशिवा, अन्जु पन्त, स्वरुपराज आचार्यको स्वर रहेको छ भने श्रृङ्गारमा डि. के. हमाल रहेकाछन भने सहायक निर्देशनमा राजन श्रेष्ठ रहेका छन । आजै रेकर्ड गरिएको गीत/गजलकार हरि मानन्धरको गीतमा राजन महर्जनको नृत्य निर्देशन तथा गीतकार तथा निर्देशक शंकर अधिकारी “घायल”को निर्देशन, गीतमा नृत्यमा प्रतिमा राईको उत्कृष्ट नृत्य प्रस्तुत गरिएको छ भने उनलाई उनकै टीमले साथ दिएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv