भोली विप्लव समुहको काठमाडौंमा जनसभा, प्रदर्शनी मार्गमा दुईतर्फी बाटो बन्द गरेर मञ्च बनाउँदै कार्यकर्ता

काठमाडौं, ७ मंसिर । भोली मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा जनसभा गर्दैछ । त्यसको तयारी आज शुक्रवार देखि नै सुरु भएको छ । विप्लवले भोली हुने जनसभामा एक लाख कार्यकर्ता उतार्ने दावी गरेको छ ।

पार्टीले आफ्नो पाँचौँ पुनर्गठन दिवसका रुपमा भोलिको कार्यक्रम गर्न लागेको पर्चा र पोस्टरिङ गरिएको छ। यसअघि खुलामञ्चमा हुने जनसभालाई लामो समयदेखि भूमिगत रहेका पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्ने बताइएको भए पनि सो भने निश्चित छैन । तर प्रकाण्डको सम्बोधन भने निश्चित गरिएको छ । पार्टीका प्रचार सामाग्रीहरुमा प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने उल्लेख छ ।

खुलामञ्चमा कार्यक्रम गरिने भनिएको भए पनि त्यसको आधा भाग बसपार्कले ओगटेको र आधा भागमा दरबार हाइस्कूलका विद्यार्थीहरु पढ्नका लागि अस्थायी संरचना बनाइएको कारण जनसभा गर्ने ठाउँ परिवर्तन गरिएको छ । सो पार्टीले पार्टीले भृकुटीमण्डप अगाडिको प्रदर्शनी मार्गमा कार्यक्रमको लागि तयारी गरेको छ ।

कार्यक्रमका लागि मञ्च तयार गर्ने काम विप्लवका कार्यकर्ताहरुले थालेकोले साँझ साढे ६ बजेदेखि प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधनहरु दुई तर्फी रुपमै बन्द भएका थिए । सरकारले गठन गरेको राजनीतिक वार्ता समितिसँग वार्ता गर्न अस्वीकार गरेको विप्लवको पार्टीले जनसभाबाटै आफ्ना मागहरु राख्ने अपेक्षा गरिएको छ।

सरकारले वार्तामा ल्याउनका लागि विप्लव समूहका नेताहरुलाई रिहा गर्दै अधिकांश मुद्दाहरु फिर्ता लिएको वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले बताउँदै आएका छन्। तर विप्लव समूहले औचित्यहिन वार्ता नगर्ने भन्दै आएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv