एउटै फिल्म छायांकनमा दुई युनिट !

काठमाडौं, १० माघ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरेपनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै फिल्म छायांकन गर्न सकिने विकाश बोर्डले जनाएको छ । कोरोनाको तेस्रो लहरको हल्लासँगै लगानीमा जोखिम भन्दै केही फिल्मले आफ्नो छायांकन स्थगित गरेका छन् । ठुला बजेटमा निर्माण हुने भनेर धेरै अगाडिदेखि हल्ला गरिएका फिल्म । एक्स ९’ र । सत्यम्’ अझै छायांकनमानिस्किन सकेको छैन । फिल्म बन्ने नबन्ने यसै भन्न सकिन्न । यस्तैमा ठुलो बजेटमा निर्माण हुन लागेको फिल्म ‘लाखे’ भने अहिले काठमाडौंमा धमाधम छायांकन भइरहेको छ ।

थुप्रै स्टारहरुले भरिएको यो फिल्मको गत पुसको अत्यबाट छायांकन सुरु भएको हो । भब्य शुभ–मर्हुत गर्दै छायांकन सुरु गर्ने तयारीमा गरेको फिल्मको कोरोनाको कारण सुटुक्क छायांकन सुरु गरिएको निर्देशक सम्राट बस्नेतले बताए । भब्य शुभ–मर्हुत गरेर फिल्म फ्लोरमा लाने तयारी हाम्रो थियो । तर कोरोनाको बढ्दो संक्रमणले गर्दा सरकारले २५ जनाबढी एकै स्थानमा सहभागी हुन रोक लगायो’ निर्देशक बस्नेतले भने । कोरोनाको कारण हामीले सिमित कलाकारको उपस्थितीमा मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गर्यौ ।’ फिल्म युनिट धेरै भएकोले अहिले दुई युनिट बनाएर फिल्मको छायांकन गरिरहेको निर्देशक बस्नेतको भनाई रहेको छ । एक निर्देशकले एकै समय दुई युनिटसँग काम गर्नु निकै गाहे रहेछ’ निर्देशक बस्नेतले अनुभव सुनाए ।

एउटा फिल्म छायांकनका लागि दुई युनिटलेफरक फरक कम गरेको नेपालको हकमा सम्भवत यो पहिलो हो । यसमा फिल्मका प्राबिधिकदेखि धेरै युनिट समेत दुई सेट चाँहिन्छ । त्यसले निर्मातालाई समेत आर्थिक भार पर्न जान्छ । यस फिल्मका निर्माताहरु भने त्यो आर्थिक भार ब्यहोर्न तयार देखिएका छन् । फिल्म सुटिबका लागि दुई युनिट बनाउनु पर्दा आर्थिक भार बढ्नुको अलवा धेरै झन्झट पनि रहेछ’ कार्यकारी निर्माता हरि मल्ल ठकुरीले भने । आर्थिक कुरो त दोस्रो हो । महत्वपुर्ण कुरो त कलाकार र युनिटको सुरक्षा हो ।’ सबैको स्वास्थ्य सुरक्षाका खातिर निर्माण युनिटबाट थप भर ब्यहोर्न राजी भएको निर्माता हरिको भनाई रहेको छ । हामीले ५ करोड माथि बजेटमा फिल्म निर्माण गर्न लागेका हौ । दुई युनिट गर्दा ५ को ठाउँमा ६ पुग्ला’ निर्माता हरिले थपे । यसले कलाकारको सुरक्षा पनि गर्छ नि ।’ लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्म हो । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा,सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बा, सुनिल थापालगायत थुप्रै कलाकारको अभिनय रहनेछ ।

निर्माण युनिटले फिल्म छायांकनका फोटो भने अहिले बाहिर ल्याएको छैन । फिल्ममा रहेको कलाकारको लुक बाहिरिने डरले तस्बिर नल्याएको हो । फिल्मका लागि सबै कलाकारको लुक्समा निकै ध्यान दिइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv