निर्मला पन्तका बुवा यज्ञराज पन्तको मानसिक सन्तुलन बिग्रीए पछी उनको अवस्था गम्भिर,मध्य रातमा काठमाण्डौ ल्याइदै

काठमाण्डौं ९ मङ्सीर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबुवा साथै महिला अधिकारकर्मी शारदा चन्द र लक्ष्मी मल्ल लगाएत धनगढी विमानस्थलमै अलपत्र परेका छन् । निर्मलाका अामाबुवा अपराधीलाई कारबाहीको माग राख्दै गत १४ दिनयता जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि धर्नामा बसेका थिए ।

सोहि दिन देखि निर्मलाकाे बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था बिग्रिँदै गएपछि शनिबार उपचारका लागि काठमाडौँ ल्याउने तयारी भएको थियो । निर्मलाका बुबा यज्ञराज विमानस्थलमा बहकिन वा बर्बराउन थालेका थिए । महेन्द्रनगरबाट विमानस्थल छाड्न पुगेकी महिला अधिकारकर्मी लक्ष्मी मल्ल र शारदा चन्दका अनुसार विमानस्थल पुगेपछि निर्मलाका बुवाले काठमाडौँ नजाने भन्दै चर्को स्वरले कराउन थालेपछि विमानस्थलका कर्मचारीले लैजान नमानेका हुन् । ‘हामी यतै विमानस्थलमा अलपत्र परेका छौँ मल्लले भन्नु भयो ।

यतिबेला धनगढ़ी बिमान स्थलमा अलपत्र परेका निर्मलाका बाबु यज्ञराज लाई भने धनगढ़ीको सेती अन्चल अस्पतालमा उपचार भईरहेको मल्लले बताउनु भयो । भने यति बेला निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य भने सामान्य रहेको र थप उपचारको लागि काठमाडौँ ल्याउने तयारी भईरहेको जनाईन र आजै राति धनगढ़ीबाट काठमाडौँ ल्याईने मल्लले बताउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv