लस्कर फुड्सले ल्यायो रु ४९९को आकर्षक कम्बो अफर,बिहानको ३ बजे सम्म डेलिभरी हुने

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर ल्याएको छ । लस्कर फुड्सले ४९९ रुपैयाँ मात्रको कम्बो अफर ल्याएको हो । लस्कर फुड्सले सुपर बजेट कम्बो अफर नाम गरेर बजारमा आकर्षक कम्बो अफर ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।

लस्कर फुड्सको प्रमुख आकर्षणनै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत् घरमै उपलब्ध गराउने लक्ष्य छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य भएको कम्पनीको भनाइ छ । प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने व्यवस्था रहेको छ । साथै लस्कर फुडसले आफ्नो सेवा समय बिस्तार समेत गरेको छ । लस्कर फुडसले बिहानको ३ बजे सम्म खाना खाजा पुर्याउने सेवा सहित आकर्सक उपहार ल्याएको छ । ठमेल पक्नाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मनपर्ने खाना/खाजा मगाउन सकिने , खानाको जानकारी लिन सकिने कम्पनीका निर्देशक समीर चौलागाईंले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv