राष्ट्रिय युवा संघ नेपालले मुल्यबृद्दिको बिरोधमा ७ बुंदे माग राख्दै ज्ञापन पत्र बुझायो (भिडियो)

काठमाण्डौ,माघ २८ । राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मुल्यबृद्दिको बिरोध गर्दै ज्ञापन पत्र बुझाएको छ । शुक्रबार  टेकुमा रहेको नेपाल आयल निगमको कार्यलमा एक बिरोध र्‍याली निकालेर निमित्त कार्यकारी निर्देशक ई. सुशील भट्टराई लाई ७ बुंदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।

संघका अध्यक्ष कमरेड किरण पौडेलद्धारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा पेट्रेलियम पदार्थको ढुवानी,स्टोरज तथा बिक्री बितरणमा भएको चुहावट नियन्त्रण,ग्यास बिक्रेता र ट्यांकर ढुवानीकर्ता सुनिश्चितता,आयल निगमको कर्मचारी ब्यवस्थापनमा भएको अनियमितता,तत्कालिन प्रम केपी ओलीको निर्देशनमा निगम संचालन समितिको निर्णयमा गरिएको ब्यवस्था अनुसार पहल गर्न उल्लेख गरिएको छ । त्यस्तै तत्कालिन अवस्थामा अन्तरराष्ट्रिय बजार घटिरहेको सन्दर्भमा कर बढाइ भविश्यमा हुने अन्तरराष्ट्रिय मुल्य ब्रिद्धीमा समेत पेट्रोलियम पदार्थको मुल्यमा स्थिरता कायम गर्ने निती अनुरुप बढाईएको रु १० भन्सार रु ५ पुर्वाधार कर अविलम्ब फिर्ता लिईयोस । निगमको स्वचालित मुल्य प्रणालिका नाममा समग्र अर्थ व्यास्थामा असर पार्नेगरी मुल्य बढाउने परीपाटी सदाका लागि अन्त्य होस् । उल्लेख गरिएको छ ।

सोही क्रममा नि. कार्यकारी निर्देशक ई. सुशील भट्टराई ले अहिलेको मुल्य ब्रिद्धी जे जस्तो भए पनि निगम लाई अझै रु १३ घाटा रहेको कुरा दोहोर्याउँदै । सरकार सँग सो बारे बिचार बिमर्श गर्न अनुरोध गर्ने जनाउँदै आफुले सक्दो प्रयास गर्ने बचन ब्यक्त गर्नु भयो । उक्त र्‍यालिमा संघले साँकेतिकरुपमा मोटर साइकल र एउटा कार डोरीले तानी बिरोध गरेका थिए । (तस्बीर रतन ब. चन्द)



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv