किरण र नागेन्द्रको ‘लौन के गरौँ’मा इस्टु र प्रबिनको रोमान्स

काठमाडौं । साहित्यकार किरण पल्पसा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको लौन के गरौँ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

अमेरिकामा बसेर पनि नेपाली कला, साहित्य र संगीतको प्रर्वद्धनमा लागि परिरहेकी साहित्यकार किरण पल्पसाको निर्माणमा तयार भएको गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको स्वर रहेको छ भने गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।

भिडियोमा हल्का रमाइलोकी चर्चित कलाकार इस्टु कार्की ‘नेप्टी’सँग ह्याण्डसम मोडल प्रबिन डिसीको रोमान्स देख्न सकिन्छ । भिडियोमा एक प्रेमील जोडीको प्रेम कहानी र दिन उमेरमा आँखा हेराहेरैमा हुने प्रेमलाई कलात्मक शैलीमा निर्देशक जस बहादुर याक्खाले देखाएका छन् ।

दीपक गिरीको कोरियोग्राफी रहेको भिडियोमा नृत्य निर्देशन सञ्जु चौधरीको रहेको छ । भिडियो निकै नै स्तरिय बनेका कारण दर्शकहरुले रुचाउने कुरामा विश्वस्त रहेको संगीतकार श्रेष्ठले बताए । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv