प्रचण्ड र माधव नेपालका पार्टीले सरकारमा बस्ने नैतिक अधिकार गुमाइसके – नेता गौतम (भिडियो सहित )

काठमाण्डौं,फागुन ९ । नेपाली कांग्रेसका नेता तथा सांसद सञ्जयकुमार गौतमले प्रचण्ड र माधव नेपालका पार्टीले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको बताएका छन् । उनले भने,‘उहाँहरुले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाई सक्नुभएको छ । यो गठबन्धनमा रहने कुरा पनि गुमाउनुभएको छ।’ एमसीसीबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दोहोरो भूमिका खेलेको गौतमको टिप्पणी छ ।

उनले भने,‘उहाँहरु सरकारमा पनि हुनुहुन्छ। क्याविनेटमा झण्डा पनि हल्लाउनु भएको छ । अर्कोतिर सडकमा मुर्दावाद पनि भन्दै हुनुहुन्छ । यो भूमिका राम्रो होईन् ।’ उनले भने उनले एमसीसी सम्झौता हुँदासम्म माधव नेपाल, झलनाथ, प्रचण्ड प्रधानमन्त्री हुँदापनि सम्झौताको प्रक्रिया अघि बढेको सुनाए । उनले भने,‘त्यसो हो भने उहाँहरु सबै राष्ट्रघाती हुन नि त । हिजो एमसीसी टेबुल भयो । एमसीसीको कारण मत विभाजन भएको छ। हामीपनि चिन्ता गरिरहेका छौं। राजनीतिक दलहरुले स्पष्ट बोल्नुपर्छ । एमालेले पनि स्पष्ट बोल्नुपर्ने हो । प्रचण्डजीको माओवादी केन्द्र पनि स्पष्ट रुपमा बोल्नुपर्ने हो ।

नेकपा एकीकृत समाजवादीले पनि स्पष्ट बोल्नुपर्ने हो । तर, यहाँ द्धेद्ध चरित्र देखियो । मुलुकले निकास पाउनको लागि राम्रो तवरले जानुपर्छ । सदनमा एमसीसी बारे छलफल हुन्छ । यो सदनको कुरा हो । पास हुन्छ कि फेल हुन्छ, त्यो अब सदनमा थाहा हुन्छ । तर, हामीलाई विश्वास छ यो पास हुन्छ ।’हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv