एमसीसी खारेज गरौं भन्दै आज पनि आन्दोलन : बैठक नै नबसी संसद स्थगित

काठमाण्डौं,फागुन १३ । संसदमा पेस भएको एमसीसी खारेजीको माग गर्दै आज पनि प्रदर्शन भएको छ । नेकपा माओवादी केन्द्र, अखिल क्रान्तिकारी र नेपाल मजदुर किसान पार्टी लगायतका पार्टिको संयुक्त आवहानमा प्रदर्शन गरिएको हो ।

सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्। ‘हामीले प्रतिपक्षी लगायत अन्य दलसँग सहमतिका लागि समय आवश्यक भयो भन्यौँ’, बडुले सेतोपाटीसँग भने, ‘त्यसपछि सभामुखले सूचना निकालिदिनु भएको हो।’

अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले जानकारी दिए।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv