लचित्र ‘म’ आगामी जेठ २० गते रिलीज हुने

काठमाडौं,फागुन १५ । कान्तिपुर फिल्म एकेडेमीले बनाएको चलचित्र ‘म’को २०७९ जेठ २० गते रिलीज मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग रिलीजको सम्झौता गरेका छन् । डिसिएनले काठमाडौं उपत्यका तथा एफडीले उपत्यका बाहिर चलचित्र रिलीज गर्नेछन् ।

‘म’को निर्देशन समिक्षात्मक रुपमा सफल चलचित्र ‘सुनगाभा’का निर्देशक सुर्वण थापाले गरेका छन् । यस चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । कलाकारद्वय रसाईली र श्रेष्ठ सोहि एकेडेमीका विद्यार्थी हुन् ।

चलचित्रका निर्माता बिमला हुमागाईं र पदम पुरी हुन् । तेन्जीङ्ग पाल्देनको छायांकन रहेको यस चलचित्रको सम्पादन बनिस शाहले गरेका छन् । फिल्म पढाउने एकेडेमीले पहिलो पटक निर्माण गरेको र सफल चलचित्र ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाले निर्देशन गरेका कारण ‘म’मा केहि नयाँ हुने अनुमान गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv