सैलुङको अग्लो डाँडामा केपी ओलीको हुँकार, यो अन्तिम होइन, पहिलो पटक मात्रै हो ( फोटो भिडियो )

दोलखा फागुन २१ । दोलखा र रामेछाप जिल्लाको सिमाना रहेको प्रशिद्ध पर्यटकिय स्थल शैलुङ्गमा शैलुङ साहित्यिक-साँस्कृतिक महाेत्सव -२०७८ सम्पन्न भएको छ ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त महोत्सवमा बोल्दै ओली ले –  भने यो शैलुङ्ग डाँडालाई यथावत जोगाएर राख्नुहोस् यहाँ कुनै पनि भौतिक संरचना निर्माण नगर्ने तपाईंहरुको अठोट प्रती म हार्दिक धन्यवाद दिन चाहन्छु । यसको एतिहासिकतालाई जोगाइ यसलाई एउटा पर्यटकिय गन्तब्यको रुपमा आरोग्य थलोको रुपमा,एउटा ध्यानकेन्द्रको रुपमा स्थापित हुन सक्दछ ।

उक्त महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शनका साथै कलाकार द्द्वारा कोरिएका चित्रकला प्रदर्शनी र साहित्यकारहरुले कबिता बाचन गरेका थिए ।

ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट भब्य स्वागत गरिएको थियो ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv