आखिर किन नायिका करिश्मा एमाले मा प्रवेश ? ( भिडियो सहित )

काठमाण्डौं,चैत ९ । स्थानिय चुनाव नजिकिदै गर्दा सबै जसो राजनितिक दलमा प्रवेश गर्नेको लर्को बढी रहेको छ । यसो हेर्दा अब देशभर बिभिन्न दलका नेता कार्यकर्ता मात्र रहलान् जस्तो देखिन्छ । यही प्रसंगमा मंगलबार नेपालको चर्चित नायिका करिश्मा मानन्धर पनि एमालेमा प्रवेश गरेकी छिन् । उनलाई एमालेका पार्टी अध्यक्ष केपि शर्मा ओलीले खादा अबिर लगाएर स्वागत गरेका थिए ।
पार्टीमा प्रवेश पस्चात मन्तब्य को क्रममा प्रमुखतह ३ कारणले एमाले रोजेको बताइन् । अध्यक्ष ओली को सकृयता र देशप्रतिको निष्टाले गर्दा म प्रभावित भएकी हुँ भनिन् । साथै घुमारो पाराले उनले जिम्मेवारी दिए कुनै पनि पदमा बसेर काम गर्ने इच्छा ब्यक्त गरेकी छिन् ।

उनले यसअघि डाक्टर बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा प्रवेश गर्दै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । तर, पछि बाबुराम अर्को पार्टीमा प्रवेश गरेपछि करिश्मा सक्रिय राजनीतिबाट पर बसेकी थिइन् । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv