नरहरी प्रेमीले पाए सर्वत्कृष्ट पार्श्व गायक तर्फकाे अवार्ड

काठमाडौँ, १३ मङ्सिर । चर्चित एबम् लोक प्रिय गायक नरहरी प्रेमीले धेरै गीतहरुमा स्वर र संगीत दिएका छनु् । उनले स्वर तथा संगीत दिएका गीतहरु मायाले मार्यो, मेरो बोली सुन्दा, उखु बारीमा, ए साईला दाई लगायत धेरै गीतहरु चर्चामा रहेका छन् ।

गायक एबम् संगीतकार नरहरी प्रेमी लोक, आधुनिक, फिल्मी लगायत अन्य गीतमा संगीत गरेका छन् । उनले सबै प्रकारका गीत गाउन सक्छन् । उनी श्रुती संगीत बिधालयका प्रबन्ध निर्देशक तथा संगीत प्रशिक्षक पनि हन् ।

हाल उनी संगीत प्रशिक्षण संगै स्टेज कार्यक्रममा ब्यस्त छन् । उनले धेरै जना चेलाहरु पनि जन्माएका छन् । उनै चर्चित गायक एबम् संगीतकार नरहरी प्रेमीले केही साता अघि सम्पन्न ९ औं बिन्ध्यावासिनी म्युजिक अवार्ड २०७५मा चलचित्र राज्जा रानीबाट ‘चिपक चिपक’ बोलको गीतबाट सबोत्कृष्ट पार्श्व गायक तर्फ अवार्ड हात पार्न सफल भएका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv