मन्त्री पौडेलद्वारा ढोरपाटन–साल्झन्डी सडकको अनुगमन

काठमाण्डौ,चैत १२ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गर्नुभएको छ । शुक्रबार मन्त्री पौडेलले ढोरपाटन साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा मन्त्री पौडेलले समयमै सडकको काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ ।
“सडकको काम कुनै हालतमा नरोकियोस्,” मन्त्री पौडेलले भन्नुभयो, “प्रभावित स्थानीयलाई मुआब्जा दिए सहमतिमै काम अघि बढानुहोला ।”

मन्त्री पौडेलले कुनै समस्या भए समाधान गर्न आफू तयार भएको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीब्र रूपमा अघि बढाउन निर्देशन दिनुभयो ।
यस वर्ष ढोरपाटन साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ ।

यस्तै, गादीखोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्टक्सन प्रालिका सञ्चालक सोमनाथ थकाली जानकारी दिनुभयो ।

“हामीले काम तीब्र रुपमा गरिरहेका छौं,” सोमनाथ थकालीले भन्नुभयो, “असार मसान्तसम्म ५ किलोमिटर सडक पक्की गरिसक्छौं, असोजसम्म १० किलोमिटर सडकको काम सकेर हस्तान्तरण गछौं ।” १० किलोमिटर सडक कालोपत्रे गर्न गण्डकी प्रदेश सरकारले ४० करोड रकम विनियोजन गरेको छ । सोही सडकको जिम्मा लामा कन्ट्रक्सन प्रालिले लिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv