‘टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता’ को तेस्रो दिन के के भयो

काठमाण्डौ,चैत्र १९ । ‘टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता –२०७८’ सुरु भएको आज (चैत्र १८ गते) तेस्रो दिन भैसकेको छ । “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा जम्मा ६१ समुहले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको पहिलो दिन (चैत्र १६ गते) औपचारिकता कार्यक्रम संगै उद्घाटन भएको थियो । प्रतियोगिताको दोस्रो दिन (चैत्र १७ गते) जम्मा ११ समुहले मात्र प्रतियोगितामा भाग लिएका थिए ।
त्यस्तै प्रतियोगिताको तेस्रो दिन आज (चैत्र १८ गते) जम्मा २० समुहले भाग लिएका थिए । बाँकी प्रतियोगी समुहलाई चौथो दिन (चैत्र १९ गते) प्रतिस्पर्धा गराईने कुरा प्रतियोगी संयोजक एबम् प्रतिष्ठानका केन्द्रिय उपमहासचिब शिव हमालले जानकारी दिए ।

प्रतियोगिताको तेस्रो दिन प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष प्रजापती पराजुली र केन्द्रिय सदस्य पिएन सापकोटाले कार्यक्रम सहजीकरण गरेका थिए ।
प्रतियोगिताको तेस्रो दिन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष तथा आयोजक कमिटीका अध्यक्ष रमेश बिजिको अध्यक्षता रहेको थियो भने उच्च अदालतका न्यायाधीश नवराज थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको तेस्रो दिन बिच बिचमा चर्चित कलाकारहरुको प्रस्तुती समेत राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिने ब्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रतियोगिता अवधीभर प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक रहने छन् भने निवर्तमान केन्द्रिय अध्यक्ष सह – संयोजक बद्री पंगेनी रहेका छन् । साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरु पनि निर्णायकको भुमिकामा रहने छन् ।
‘टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता –२०७८’ को तेस्रो दिन युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यस प्रतियोगितामा प्रतियोगीहरुले गीत गाउदा प्रयोग भएको भाकाको मुल श्रस्टाहरुले रोयल्टी पाउने भएका छन् । प्रतियोगितामा प्रयोग भएका भाकाहरुको रोयल्टी “संगीत रोयल्टी संकलन समाज” मा बुझाएर मुल श्रस्टालाई रोयल्टी बितरण गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।
काठमाडौं अवस्थित भृकुटीमण्डपमा चैत्र १६ गते देखि आयोजना भएको ‘टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता’ चैत्र १९ गते सम्पन्न गर्ने भनिएता पनि तोकिएको मिति मै सम्पन्न गर्न र समापन कार्यक्रम गरि प्रतियोगी बिजेताहरुलाई पुरस्कार बितरण गर्न आयोजकलाई हम्मे हम्मे पर्ने अनुमान गरिएको छ । सोही कारणले गर्दा एक दिन म्याद थपिन सक्ने सबैको अनुमान छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv