अचिभर्स अवार्ड २०७८ सम्पन्न

काठमाडौं, चैत ३० । सिल्भर क्राउनले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरुलाई अचिभर्स अवार्ड २०७८ ले सम्मान गरेको छ । काठमाडौंमा  मंगलबार आयोजित एक कार्यक्रममा अचिभर्स अवार्ड २०७८ बाट गोल्डेनगेट ईन्टरनेशनल कलेज तथा हिसानका अध्यक्ष शिक्षाविद् रमेश सिलवाल, ब्यबसायी प्रज्वल जङ पाण्डे, गायक शिव परियार, सहारा बिजनेस ग्रुपका अध्यक्ष तथा युवा ब्यबसायी सुदर्शन राज शर्मा सम्मानित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष बैंकर उपेन्द्र पौडेलले समाज परिवर्तनको लागि यस्ता कार्यक्रम हरुले सबै ब्यक्तित्वहरुलाई प्रेरणा मिल्ने र यस्ता कार्यक्रमहरुको आयोजना हुँदा सकारात्मक प्रभाव पर्ने बताएका छन् । उनले समाजका बिभिन्न बिधाका सफल ब्यक्तिहरुलाई अझ निरन्तर आफ्नो क्षेत्रबाट देश बिकासमा लाग्नु महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा गायक तथा समाज सेवी निर्णय श्रेष्ठले सम्मानित ब्यक्तित्वहरुलाई शुभकामना दिदै युवाहरुले सम्मानित ब्यक्तित्वहरुको जिवनीबाट धेरै कुरा सिक्नुपर्ने बताए ।

सिल्भर क्राउनकी अध्यक्ष अनुजा आचार्यले युवाहरुको लागि उत्प्रेरक कार्यक्रमहरु गर्ने योजनाका साथ सिल्भर क्राउनको स्थापना गरिएको र निकट भबिष्यमै मिस एन्ड मिसेस कर्पोरेट नेपाल तथा मिस एस ई ई ईन्टरनेशनलको आयोजना गर्न लागेको जानकारी गराइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv