बिक्रम र सुनिताको स्वरमा रहेको गीत ‘तिमी बिना’को भिडियो रिलीज

काठमाण्डौं, बैशाख ४ । बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको लोक दोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. शिव सुबेदीको शब्द तथा संगीत रहेको छ ।

२०६५ सालमा आएको ‘घामजस्तो चम्किलो जुन हुदैन’ गीत पछि शिवका गीत प्रायः लोकप्रिय बनेका छन् । शिव सुबेदीको युट्युब च्यानलबाट आएको यस गीत ‘तिमी बिना हाँसेर हिड्न’का भिडियो निर्देशक बिनोद भण्डारी हुन् । भिडियोमा अनिल पौडेल र जुना गुरुङको अभिनय रहेको छ । गीतमा दुई वर्गका युवा-युवतीबीचको प्रेम, समाज र परिवारले गर्ने व्यवहार इत्यादिलाई समेटिएको छ ।

बाग्लुङ्ग जिल्लाको सुन्दर गाउँ निसिखोला गाउँपालिकामा छायांकन गरिएको भिडियोले गाउँघरको कथा देखाउँछ । नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । बिनोद बाजुरालीले गीतको एरेन्ज गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv