बालुवाटारको बैठक छोडेर किन आए प्रचण्ड पेरिसडाँडा ?

काठमाण्डौ,बैशाख ५ । नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले पत्रकार सम्मेलन गरेका छन् । सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा महानगरपालिका र उपमानगरपालिकामा मेयरको भागबण्डाको बिषयमा केन्द्रित रहेर आफ्नो धारणा स्पष्ट पार्नु भयो ।

स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटबारे निर्णय गर्न बसिरहेको गठबन्धनको बैठकलाई रोकेर पत्रकार सम्मेलन गर्न जाँदा कुनै ठूलै कुरा सार्वजनिक गर्न लागे जस्तो लाग्यो । उनको पत्रकार सम्मेलनमा सहभागी हुन अधिकांश पत्रकार पेरिसडाँडा पुगे । निर्धारित समयमै भन्दा केही समय ढिला गरी पत्रकार सम्मेलन सुरू भयो । प्रचण्डले आफ्नो भनाइ राख्न थाले ।

उनले आफ्नो भनाइ सकेपछि लाग्यो आखिर प्रचण्डले केका लागि पत्रकार सम्मेलन गरे ? गठबन्धनको बैठक नै छाडेर आएका उनले पत्रकारले सोधेको प्रश्नमा आवश्यक परेमा एक्लै चुनावमा लड्ने दाबी गरे । उनले भने, ‘यदि गठबन्धनभित्र सहमति सबैको बीचमा भएन भने ज-जसको बीचमा सहमति हुन्छ, त्यसको बीचमा सहमति गरेर जान्छौं । अब कसैसँग भएन भने एक्लै भिड्ने तयारी त हामीले तीन महिनादेखि गरेकैं छौं नि !’

सहमति नभएको खण्डमा एक्लै चुनाव लड्ने र माओवादी केन्द्रले नै जित्ने उनको दाबी थियो । सहमति भएन भने त्यत्तिकै बस्ने कुरा त भएन् । भिडेर जाने कुरा नै हुन्छ । त्यो स्थितिमा जित्ने सम्भावना अहिलेसम्म माओवादी केन्द्रकै बढी देख्छु । किनभने देश संकटमा परेको बेला बचाउने भनेको को रहेछ ? यो परिवर्तनप्रति गम्भीर र जिम्मेवार को रहेछ ? संकट मोचन कसले गर्दाे रहेछ देशको ? भन्ने कुरा जनताले बुझेको हुनाले यो पटक माओवादी केन्द्र एक्लै गयो भने पनि राम्रै हुन्छ ।

उनले तीन महिनादेखि चुनावको तयारी गर्दै आएका प्रष्ट पारे । यअसघि पनि उनले माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताउँदै आएका थिए । गठबन्धनको बैठकलाई रोकेर पत्रकार सम्मेलनमा एक्लै चुनाव लड्ने भन्नु घुर्की लगाउनुसरह हो ।

यसको अर्थ यदि भागबन्डामा आफूले चाहेअनुसार सिट भएन भने गठबन्धन टुट्न सक्छ । यस्तै उनले दिन खोजेको अर्को सन्देश हो, पाँचदलीय गठबन्धनबाहेक एमालेलगायतको गठबन्धन ।

उनले आफूहरू पवित्र गठबन्धन भएको र अन्य दलको अपवित्र गठबन्धन भएको दाबी गरे । आसन्न स्थानीय तह निर्वाचनमा दुईवटा गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने उनले बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv