नेकपा एमालेबाट खजुरा गाउँपालिकाको प्रमुखको लागी सुमन मल्ललाई सर्वसम्मत सिफारिस

काठमाण्डौ,बैशाख ५ । नेकपा एमालेले खजुरा गाउँपालिकाको प्रमुखको लागी सुमन मल्ललाई सर्वसम्मत सिफारिस गरे संगै एमालेले खजुरा गाउँपालिका जित्ने स्थानीयले बताउन थालेका छन् ।

पालिकामा सुमन मल्लको क्रेज, वडामा रहदा उनको बिकास मोडल र पार्दर्शी छबिका कारण स्थानीयहरु एमालेको जित सुनिश्चित रहेको बताउन सुरु गरेका छन् ।

खजुरा एमालेमा चार जना प्रमुखमा इच्छा देखाउदै आएका थिए । आइतबार खजुरा गाउँपालिकाको प्रमुखमा सुमन मल्ल सर्वसम्मत सिफारिसको खबर संगै खजुरामा चुनावी माहोल र अडकलबाजि सुरु भैसकेको छ ।

बाँकेमा सत्ता साझेदार गठबन्धन समेत टिकट बाडफाडमा कुरा नमिलेको अवस्थामा चुनावी माहोलमा जुटि नसकेको अवस्थामा एमालेलाई नै फाइदा पुगेको छ ।

उसो त एमालेबाट सर्वसम्मत भएका सुमन मल्लले खजुरा वडा नम्बर १ मा गरेको बिकास मोडेलले खजुराबासीलाई लालायित बनाएको थियो सोही बिकास मोडेलमा खजुरा गाउँपालिकाको भौतिक पुर्वाधार बिकासमा सहयोग पुग्ने अपेक्षा सहित पार्टी र बिचार भन्दा माथी उठेर सुमन मल्ललाई भोट जाने स्थानीयहरु बताउछन् ।

बिकास चाहिएको छ, हामिलाई पार्टी र दल भन्दा हाम्रो सरोकार भनेको बिकास र समुन्नत खजुरा हो, जसले खजुरालाई बिकास गर्न सक्छ हामिले उसैलाई भोट दिने हो, स्थानीय बिजय थापाले बताए ।

थापाका अगाडी थपे,’ खजुरा वडा नम्बर एकको बिकास त्यहाको सडकको बारेमा सबै पालिका बासिले सुन्दै आएको कुरा हो, सुमन मल्ललाई जिताउन सक्यौं भने हाम्रै टोल, गाउँ र वडाको त्यसरी नै बिकास हुन्छ भने हामिले किन सुमन मल्ललाई भोट नगर्ने ?’

खजुरा गाउँपालिकाको प्रमुखमा कांग्रेसले अझै उमेदवार टुंगाएको छैन भने माओवादीबाट डम्बर बहादुर बिक तुफानलाई अगाडी सारेको छ भने समाजबादीले समेत तीन जनाको नाम सिफारिस गरे पछि अझै उमेदवार टुंगोमा पुराएको छैन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv